तिहारको संघारमा पोखरा महागर वडा १ ले गर्याे सरसफाई कार्यक्रम
पाेखरा | कात्तिक २४, २०८०
पोखरा: पोखरा महानगरपालिका–१ वडा कार्यालयले तिहारको संघारमा वडाको विभिन्न स्थानमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा महानगरपालिका १ भित्रका विभिन्न टोललाई तीन क्षेत्रमा विभाजन गरी वडाध्यक्ष शाहारा प्रधानको प्रमुख आतिथ्यतामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
वडा कार्यालय बगरबाट सरसफाई सुरु गरि वडा भित्रका सबै टोलहरुमा सरसफाई गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् । उनका अनुसार सो कार्यक्रममा २१ वटा आमासमूह, १६ टो विकास संस्था, ७ वटा युवा क्लब तथा संघ संस्था र ४ वटा तमु समाजको सहभागिता रहेको थियो ।

नेपालीहरुको चाड तिहारको संघारमा वडालाई सफा बनाउनका लागि सरसफाई कार्यक्रम आयोजना गरिएको उनले बताइन् । उनले सामाजिक कार्यक्रम अन्तरगत वडाले यसअघिदेखि नै सरसफाई कार्यक्रम आयोजना गर्दै आएको बताइन् ।
सो कार्यक्रममा पाँचै जना जनप्रतिनिधिहरु, स्थानीय संघ संस्थाका अगुवाहरु तथा स्नायीयबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
वडाले खेलकुदको क्षेत्रमा, टोलटोलमा सरसफाई, सडकबत्ती मर्मत तथा जडान, विभिन्न महामारीको समयमा राहात वितरण तथा लागुऔषध विरुद्धको सचेतना तथा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

पोखरा: शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...
पोखरा: पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रत...
पोखरा: कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् । थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४&...

